काठमाडौं । भक्तपुरमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २० वर्षीय नितेश दथेपुथेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
नितेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया