१८ मङ्सिर २०७८, शनिवार

नेपालको धार्मिक पर्यटनको निःशुल्क प्रचार गर्छु : रामदेव

२०७८,मङ्सिर,४,शनिवार १६:३९

162
Shares

काठमाडौं । भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एवँ धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन् ।

शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो, यो सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्छु, निःशुल्क प्रचार गर्छु ।’

उनले नेपालमा आएर यस्ता पक्षको अध्ययन गर्न तथा धार्मिक पर्यटनका साथै यहाँको हिमालय क्षेत्र र स्वच्छ हावापानीबाट लाभान्वित हुन भारतीय पर्यटकलाई आग्रह पनि गरे । नेपाल कैयौँ ऋषिमुनिको जन्मभूमि र तपोभूमि भएको स्मरण गर्दै उनले नेपालको धर्ती योग तथा ध्यानका लागि संसारकै उत्कृष्ट धर्ती हो भने ।

रामदेव बाबाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे । उनले भने, ‘नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति मेरो नमन छ, जसरी मेरो भारतका बल्लव भाई पट्टेलप्रति सदैव श्रद्धा रही आएको छ ।’

उनले चन्द्रागिरि हिल्सको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा यहाँको प्राकृतिक सुन्दर पक्षको बयान गरे । उनले भने, ‘हिमशृङ्खला देखिने यस डाँडाको स्वच्छ हावा र प्राकृतिक सुन्दर पक्षका कारण योग तथा ध्यान गर्ने यो एक पुण्य भूमि हो भन्ने भलाई लाग्यो, यस्ता अलौकिक स्थान र सम्पदा नेपालमा मात्र छन्, त्यसैले नेपाल एक पुण्य भूमि हो ।’

उनले भारतीय अध्यात्मिक व्यक्ति एवं पर्यटकलाई नेपाल आउन र यहाँ आएका बेला चन्द्रागिरि नछुटाउन आग्रह पनि गरे। प्रशस्त हिमालय पर्वत रहेको तथा धार्मिक एवं पवित्र भूमि नेपाल योग तथा ध्यानका लागि संसारकै एक उत्कृष्ट धर्ती भएको उनले बताए ।

बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए । त्यस प्रशिक्षणमाउनका साथमा योगगुरु आचार्य बालकृष्ण पनि सहभागी हुनुहुन्थ्यो ।

त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जीप लाइनमा पनि सयर गरेका थिए ।

रामदेव बाबा र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पनि गरेका थिए । योगगुरु रामदेव बाबा र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका हुन् ।

प्रकाशित मिति: २०७८,मङ्सिर,४,शनिवार १६:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘होस आउँदा वरिपरि आफन्तहरू थिए । अस्पतालमा लगिएको रहेछ । सुरुमा खुट्टा भाँचिएछ भन्ने लाग्यो । तर पछि थाहा भयो,

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुंगका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक

ध्यू कुमारी (एलाे भेरा) लाई धेरै नै बहु गुणकारी बिरुवा मानिन्छ । सदियौँ देखि विभिन्न किसिमका रोग व्याधि देखि समस्याहरूलाई

काठमाडौं । कोभिडको महामारी विश्वमा फैलिएको लगभग दुई वर्ष भइसक्यो । यो अवधिमा कोरोनाका विभिन्न भेरिएन्टहरुले विश्व समुदायलाई फरक फरक

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६