कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन

लोकपथ
308
Shares

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् । १८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् ।

प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिएकी छिन् । अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने उनले बताइन् । यस क्षेत्रबाट रक्षा मात्र सर्वसहमत प्रतिनिधि चयन भएकी हुन् ।

रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताए । अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन भइरहेको छ ।

इतिहासमै हालसम्म भएका वडा, पालिका र क्षेत्रीय निर्वाचनमा निर्वाचित हुनेमा युवाको संख्या उल्लेख्य छ । नेपाली कांग्रेस महाधिवेशन चुनावी दौडमा अधिकांश युवा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?