ए डिभिजन लिग : संकटासँग हिमालयन शेर्पाको बराबरी

लोकपथ
455
Shares

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल खेलेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा भएको खेलमा १-१ गोलको बराबरी खेल्दै संकटा र हिमालयन शेर्पाले अंक बाडेका हुन् ।

खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा संकटाले अंक बाड्नु परेको हो ।

पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेका थिएनन् । खेलको ६० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६४ औं मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?