जर्जियाको विपक्षी दलका नेताले जेलमै गरेको अनसन अन्त्य

लोकपथ
98
Shares
Mikheil Saakashvili, the former president of Georgia during an interview with The Associated Press in Warsaw, Poland, Thursday, Aug. 17, 2017. Saakashvili said Thursday that US President Donald Trump, while on a visit to Georgia in 2012, “was thinking that Russia was a corrupt place.”(AP Photo/Czarek Sokolowski)

काठमाडौं । जर्जियाको विपक्षी दलका नेता तथा पूर्वराष्ट्रपति मिखाइल साकाश्भीलीले आमरण अनसन अन्त्य गरेका छन् । जर्जियाको कारागारभित्रै अनसन सुरु भएको ५० दिनपछि शनिबार उनले अनसान अन्त्य गरेका हुन् ।

अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि निजि चिकित्सकको सल्लाहमा उनले हालका लागि अनसन अन्त्य गरेका जनाइएको छ ।

कारागारमा अनसानका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सैनिक अस्पतालमा स्थानान्तरण गरिएको छ ।

आफुलाई राजनीतिक पूर्वाग्रहका आधारमा गिरफ्तार गरेर जेलमा राखिएको भन्दै उनले आफुलाई तत्काल रिहा गर्न माग गर्दै कारागारमै अनसान बसेका थिए ।

अनसन गरिरहेका बेला ५३ वर्षीय नेता साकाश्भीली गत बिहीबार बेहोस भएका थिए । चिकित्सकले उनलाई तत्काल अस्पताल लैजान सुझाव दिएका थिए ।

उनलाई नियमित स्वास्थ्य परीक्षण गर्नेगरी चिकित्सकको निगरानीमा राख्नु पर्ने र त्यसो गर्न नसकेमा उनको जीवन नै खतरामा रहेको चेतावनी चिकित्सकले दिएका थिए ।

चिकित्सकको सुझाव र सिफारिसका आधारमा न्याय मन्त्री राती ब्रेगाड्जले शुक्रबार उनलाई अस्पताल लैजान अनुमति दिएका थिए ।

“उहाँको स्वास्थ्य र सुरक्षाका लागि राज्य सधैँ तत्पर छ,” मन्त्री ब्रेगाड्जले भने । उनले विपक्षी नेता साकाश्भीलीको स्वास्थ्य र सुरक्षाका लागि सबै उपाय अपनाउन सरकार तयार रहेको पनि स्पष्ट पारेका थिए ।

विपक्षी नेता साकाश्भीलीले अनसन तोडेपनि आफ्नो आन्दोलन र माग भने यथावत रहेको स्पष्ट पारेका छन् ।

“मैले पूर्वाग्रहपूर्ण तरिकाले मलाइ कारागार राखिएको विषयलाई स्वभाविक मानेको छैन, म यसलाई अवैध र अवैधानिक नै मान्छु, म स्विकार गर्दिन,” उनले भनेका छन् ।

आफुलाई गरिएको अन्यायका विरुद्धमा आफू बाँचुन्जेल लडिरहने र प्रतिवाद गरिरहने अठोट पनि उनले व्यक्त गरेका छन् ।

सन् २०१८ मा उनलाई वर्षे जेल सजाय तोकिएको हो । पदमा रहँदा शक्ति र श्रोत साधनको दुरुपयोग गरेको आरोपमा उनलाई कारागार चलान गरिएको थियो ।

त्यस आरोपलाई उनले भने अस्विकार गर्दै आएका छन् । अहिलेको सत्ताधारीले आफुलाई राजनीतिक पूर्वाग्रहका आधारमा दोषी देखाएर कारागारमा राख्न लगाएको उनको दावी छ ।

स्वास्थ्य अवस्था अति जटिल हुँदासमेत उनले आफ्नो अडान र दावीलाई दृढताका साथ कायमै राखेका छन् ।

चिकित्सकले उनको अवस्था अहिले पनि खतरापूर्ण रहेको जानकारी दिएका छन् । तर सुधार भने हुन थालेको उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?