काठमाडौं । नेकपा (एमाले) का पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १० औं महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नबोलाउने बताएका छन् ।
नेता तामाङले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने निम्तो दिइसकिएको जानकारी दिए ।
शनिबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता तामाङले भने, ‘हामीले प्रधानमन्त्रीलाई अतिथिको रुपमा निम्तो गरेका छौं । उहाँले आउँछु भन्नुभएको छ । अरु राष्ट्रिय दलका नेताहरुलाई निम्तो गरेका छौं ।’ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भने निम्तो गरिएको र उनी आउने वा नआउने भनेर सन्देश पर्खिरहेको पनि तामाङले सुनाए । तर उनले दाहाल महाधिवेशनमा आउने विश्वास दिलाए । यद्यपि माधव नेपाल नेतृत्वको पार्टीलाई भने महाधिवेशनमा निम्ता नदिइएको बताए ।
नेता तामाङले भने, ‘माधव नेपालको पार्टीलाई भने बोलाएका छैनौं । हाम्रो यसमा प्रष्टै धारणा छ–माधव नेपालको पार्टी गठनको प्रक्रियाप्रति हाम्रो असहमति छ’ । उनले अलग दल बनाउन पाइने, तर एमालेको विभाजनको लागि जुन हर्कत गरे, त्यो विधिप्रति आफूहरुको असहमति रहेको बताए । उनले भने, ‘माधव नेपालहरू पार्टी निर्माण गर्ने प्रक्रियामा हुनुहुन्छ । अर्को निर्वाचनपछि कस्तो बन्ला ? वा बन्छ कि बन्दैन, त्यो हेर्न बाँकी छ । हाल उहाँहरुलाई हाम्रो महाधिवेशनमा निम्तो गर्दैनौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया