काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको प्रदेशसभा स्तरीय निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्विप’ गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको समर्थन रहेको उम्मेदवारले संस्थापन इतरलाई पराजित गर्दै चारवटै क्षेत्रमा जीत हात पारेको हो ।
निर्वाचनबाट प्रत्येक क्षेत्रमा कार्यसमितिसहित २५ जना प्रदेश प्रतिनिधि पनि छनोट गरेको छ । जिल्लाको ४ क्षेत्रमध्ये तीन स्थानमा प्यानलसहित निर्वाचन प्रक्रिया भएको थियो । निर्वाचन प्रक्रियाबाट ३ सभापति चयन हुँदा एकजना निर्विरोध सभापति चयन भए ।
मकवानपुर प्रतिनिधिसभा–१ को प्रदेशसभा ‘क’ : सुशान्तकुमार श्रेष्ठ निर्विरोध चयन
मकवानपुर प्रतिनिधिसभा–१ ‘ख’ : राजेश बानियाँको प्यानल नै विजयी
मकवानपुर प्रतिनिधिसभा–२ को ‘क’ : सभापतिमा खड्गबहादुर गोपाली निर्वाचित
मकवानपुर प्रतिनिधिसभा–२ को ‘ख’ : सभापतिमा रञ्जन कालाखेती निर्वाचित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया