माओवादी केन्द्र सुर्खेतले आज वडा अधिवेशन सम्पन्न गर्दै

लोकपथ
156
Shares

सुर्खेत । नेकपा माओवादी केन्द्रले आज सुर्खेतको ९९ वडामै वडा अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।

जिल्ला समन्वय समितिका संयोजक कृष्ण जिसीका अनुसार जिल्लाका २७ वडामा वडा कमिटि गठन गरिसकिएको छ । गठन भएका कमिटीहरुको घोषणा आज नै गर्ने तयारी रहेको छ ।

उनका अनुसार वडा कमिटि गठन भएका पालिकाहरुमा चिङ्गाडग गाउँपालिकामा चार वडामा अधिवेशन सम्पन्न भएको छ । यस्तै लेकबेशी नगरपालिकामा एक वडामा, बराहताल गाउँपालिकामा पाँचमा , पञ्चपुरी नगरपालिकाका पाँचमा अधिवेशन सम्पन्न भइसकेको छ ।

यस्तै, गुर्भाकोट नगरपालिकाका तीन, भेरीगंगा नगरपालिकाको चार ओटा, चौकुने २ ओटा र सिम्तामा तीन ओटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?