काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा ‘मखमली कमल महिला गीत सङ्गित पुरस्कार २०७८’ र ‘नवरत्न पुरस्कार २०७८’ समर्पण कार्यक्रम सम्पन्न भएको छ ।
शदाब्दी पुरुष सत्यमोहन जोशी निवास ललितपुरमा गरिएको उक्त कार्यक्रममा अनेसाका अध्यक्ष सन्ध्या पहारीको अध्यक्षता, शताब्दी पुरुष सत्यमोहन जोशी प्रमुख अतिथी, बिओटी अध्यक्ष गीता खत्री एवम् सल्लाहाकार प्रा.डा.खगेन्द्र प्रसाद लुइँटेल विशिष्ट अतिथी साथै अतिथिका रुपमा समाजसेवी मखमली खड्का, कमल खड्का, बिमला राई, अनेसास सचिव बिमला निरौला, अनेसास पुरस्कार समिती सदस्य दिपा राई पुन , अनेसास सदस्य डा. रेणुका सोलु, माया गुरुङ, समाजसेवी बिजय गुरुङ, अनेसास नवरत्न पुरस्कार छनौंट समितिका संयोजक लीला लुइँटेल, लगायत नेपाल च्याप्टरका पदाधिकारी एवम् सदस्य साथै विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, पत्रकारजगतको गरिमामय उपस्थिती रहेको थियो ।
यो भव्य अनि सभ्य कार्यक्रममा नगद २५००० र ताम्रपत्र सहित मखमली कमल महिला गीत-सङ्गीत पुरस्कार २०७८ सङ्गीतकार शकुन्तला प्रधानलाई समर्पण गरिएको थियो।

कार्यक्रममा अनेसासले शताब्दी पुरुष सत्यमोहन जोशीलाई मानार्थ सदस्यता प्रदान साथै ताम्रप्रत्र सहित सम्मान समर्पण गरेको छ । त्यसैगरी अनेसासले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । अलि अगाडि नै यो कार्यक्रम जुम प्रविधिमार्फत आयोजना गरिएको थियो ।
हाल अनेसास बोर्ड अफ ट्रष्टिज अध्यक्ष गीता खत्री लगायत अनेसास केन्द्रका पदाधिकारी समेत नेपाल आएका अवसर हुँदा नेपालमा रहेका अनेसास नवरत्न पुरस्कारबाट पुरस्कृत एवम सम्मानित भएका व्यक्तित्वहरूलाई प्रत्यक्ष रूपमा सम्मान समर्पण गरिएको हो ।
समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’, गीता कार्की , शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मानित गरेको छ । यसैगरी गायनमा सपना श्री , अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी,अनेसास बोर्डअफ ट्रष्टी अध्यक्ष गीता खत्री, प्रा।डा। खगेन्द्रप्रसाद लुइटेल, पुरस्कार छनोट समिति संयोजक लीला लुइटेल, पुरस्कृत एवम् सम्मानित व्यक्तित्वहरूले मन्तव्य राखेका थिए ।
मखमली कमल पुरस्कार प्रायोजनमा गीता खत्रीको योगदान रहेको छ भने नवरत्न पुरस्कार प्रायोजनमा पदम विश्वकर्मा, राम लामा अविनाशी, ज्योति पौडेल, जानुका ढकाल, ज्योति राई, पद्मा लिंखा मगर, रेणु शर्मा दिपा राई पुन र विमला निरौलाको सहयोग रहेको थियो ।
नवरत्न पुरस्कार समितिका संयोजक शान्ता घिमिरे रहेको यस पुरस्कार सन २०१४ मा अनेसासका तत्कालीन अध्यक्ष गीता खत्रीको परिकल्पना साथै पहलमा स्थापना भएको हो ।
प्रत्येक दुईवर्षमा दिइने यो पुरस्कारको राशी नगद दुई सय अमेरिकी डलर र सम्मान-पत्र रहेको छ । यो गरिमामय कार्यक्रममा अनेसास नेपाल च्याप्टरका सदस्य मधु पाठकले शब्दगुच्छाद्वारा स्वागत राखेका थिए भने कार्यक्रम सञ्चालनको भूमिकामा अनेसासका केन्द्रीय सदस्य डारेणुका सोलु रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया