कांग्रेस कास्की निर्वाचन मत परिणाम : को-को भए निर्वाचित ?

RSS
481
Shares

कास्की । सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ । प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट कास्की निर्वाचन क्षेत्र नं १ (क) मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भए । यसैगरी १ को (ख) बाट कृष्णप्रसाद कोइराला निर्वाचित भएका कास्की कांग्रेसले जनाएको छ ।

क्षेत्र नं २ को (क) बाट दिनेश आचार्य सभापतिमा विजयी भएका छन् । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत, सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित भएका छन् । यसैगरी क्षेत्र नं २ को (ख) बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित भएका छन् । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिव सुवर्ण केसी र शिरषकुमार बास्तोला, सहसचिवद्वयमा निलम बाटाजु र सुरेश खवास निर्वाचित भएका छन् ।

कास्की क्षेत्र नम्बर ३ को (क) बाट पुष्पेन्द्र पाण्डेले दीपकराज पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका छन् । उपसभापतिमा मोतिराज तिमिल्सिना र दिलीप गिरी, सचिवमा गंगाबहादुर गुरुङ र प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित भएका छन् । क्षेत्र नं ३ को (ख) बाट जीवनाथ पौडेल निर्वाचित भएका छन् । प्रदेश अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई/दुई जना निर्वाचित भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?