काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लब भिड्दै छन् । हिमालयन शेर्पा र संकटाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेका छन् ।
यस्तै दोस्रो खेलमा ललितपुरका दुई क्लब थ्री स्टार र च्यासल युथ क्लब भिड्दै छन् । थ्री स्टार र च्यासलबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया