काठमाडौँ – बिहिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको स्वास्थ्य परीक्षणमा रहेको ‘सिन्डिकेट’ हटाएको घोषणा गरेसँगै यसैको चौतर्फी स्वागत भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल मेडिकल व्यवसायी संघले सरकारी कदमको स्वागत गरेको हो ।
यसअघि पटक–पटक सरकारसँग हारगुहार गर्दा पनि कुनै सुनुवाई नभएको र अहिले आफूमात्रै खाउँ भन्ने हेतुले लुट मच्चाईरहेका केही सीमित मेडिकल व्यवसायीको हार भएको संघका अध्यक्ष सीताराम रेग्मीको भनाई छ ।
अध्यक्ष रेग्मिले सिन्डिकेट खारेज हुनु सुखद कुरा भएको बताउँदै मेडिकलको नाममा अरबौं रकम अवैध ढङ्गले कमाएकाहरुको सम्पत्तिमाथि छानबिन हुनुपर्ने धारणा राखे ।
उनले भने, ‘सरकारले सिन्डिकेट खारेज गरेको छ । तर अबैध रुपमा काम गर्ने संस्थाहरु बन्द भएको छैन । यदि सरकारले यसप्रति ‘एक्सन’ लिएन भने व्यवसायी आफैंले त्यस्ता संस्थाहरुमाथि एक्सन लिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया