कोरोना अपडेट : थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति थपिए ?

लोकपथ
377
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ९७२ जनाको परीक्षणमा २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९९ हजार ५४५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण नेपालमा ११ हजार ४ सय ९४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ७ हजार ५३९ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?