काठमाडौँ । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै सरकार विरुद्ध प्रदर्शन गरेको छ ।
सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै शुक्रबार लैनचैरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत नेविसंघका कार्यकर्ताले सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।
त्यस्तै, अस्कल क्याम्पस अगाडी सरकार विरुद्ध प्रदर्शमा उनीहरुले आफूलाई राष्ट्रवादी भनिएको सरकार भारतीय प्रधानमन्त्री मोदीको अगाडी लम्पसार परेको आरोप समेत लगाए ।
यसैगरी प्रदर्शनका क्रममा नेविवसंघ अस्कल क्याम्पसका नेता प्रकाश आर्यलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि गतल भएको भन्दै आन्दोलन गर्नुपरेको बताए ।
भारतीय प्रधानमन्त्रीसँग लम्पसार परेको राष्ट्रवादि सरकारले भारतीय नेता किर्ति आजादले देशको अखण्डतामाथि धावा बोल्दासमेत हातमाथि हात राखेर बस्नु लज्जाको विषय भएको अर्यालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया