१४ मङ्सिर २०८०, बिहीवार

प्रम देउवाले किन भेटे राणालाई ?

२०७४,आश्विन,२४,मंगलवार १५:०४

0
Shares

काठमाडौँ, २४ असोज -प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणासँग भेट गरी मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका छन् ।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा मुलुकमा स्थायित्व कायम गर्न संविधान कार्यान्वयनमा सहज वातावरण बनाउने तथा लोकतान्त्रिक दलबीच एकता कायम गरी चुनावमा जानेलगायत विषयमा छलफल केन्द्रित रहेको राप्रपाका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।उक्त छलफलमा नेपाली काँग्रेसको नेतृत्वमा बढीभन्दा बढी प्रजातन्त्रवादी शक्तिलाई गोलबद्ध गरी अगाडि बढ्न अध्यक्ष राणाले प्रधानमन्त्री देउवालाई सुझाएका थिए ।आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत वामपन्थी शक्तिबीच गठबन्धन भएपछि विभिन्न स–साना दलका रुपमा छरिएका लोकतान्त्रिक शक्तिलाई गठबन्धनमा समावेश गर्न प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग छलफल तथा परामर्श गर्दै आएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १५:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८