कर्णालीका मुख्यमन्त्री शाहीले मंसिर १४ मा विश्वासको मत लिने

लोकपथ
221
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आगामी मंसिर १४ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि आगामी कार्तिक १४ गते प्रदेशसभाको बैठक आह्वान गरिएको छ । शुक्रबार प्रदेश प्रमुख तिलक परियारले १४ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र आफूलाई प्रदेशसभाको विश्वास छ भनि विश्वासको मत लिने कानुनी प्रावधान रहेको छ । सोहीबमोजिम नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।

माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेको महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै गत कार्तिक १६ गते जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएसँगै शाहीले सानो मन्त्रीमण्डल गठन गरेका थिए ।

विश्वासको मत लिएपछि उनले मन्त्रिमण्डल गठन गर्ने बताइएको छ । मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादीको समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?