बैंकको पहुँचमा सबै नागरिक पुग्नुपर्नेमा जोड

इनरुवा । नेपाल राष्ट्र बैंकका गभर्नर चिन्तामणि सिवाकोटीले बैंकको पहुँचमा सबै नागरिक पुग्नुपर्नेमा जोड दिएका छन् । 

सुनसरीको दुहबी नगरपालिकामा बिहीबार फरवार्ड कम्युनिष्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, दुहबीको पाँचौँ वार्षिक उत्सव कार्यक्रममा बोल्नुहुँदै सिवाकोटीले सो कुरा बताएका हुन् । 

बैंकमा बचत र ऋणको कारोबारसँगै पूँजीको समेत सुरक्षा हुने भएकाले बैंकमा सबैको पहुँच हुनु आवश्यक रहेको उनले बताए । उनले फरवार्ड कम्युनिष्टले समाजमा पु¥याएको योगदानको प्रशंसा गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय संस्थाले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गरे । 

उनले बैैंक र बित्तीय संस्थाको पहुँचले नै नागरिकमा सार्थक सन्देश जाने र पहुँचसमेत बढ्ने भएकाले बचतमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?