बाबा रामदेवले भेटे प्रचण्ड

लोकपथ
441
Shares

योगगुरु बाबा रामदेवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । उनी प्रचण्ड भेट्न बिहीबार खुमलटार पुगेका हुन् ।

सो क्रममा उनले प्रचण्डपत्नी सीता दाहाललाई पनि भेटी स्वास्थ्य लाभको कामना गरेकी प्रचण्डपुत्री गंगा दाहालले जानकारी दिइन् । बाबा रामदेवसँगै आचार्य बालकृष्ण पनि खुमलटार पुगेका थिए ।

रामदेवले नेपालमा टेलिभिजन खोल्ने भएका छन् । रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी सञ्चालन गर्न लागेको हो । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ । जसको उद्घाटन भोलि हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?