काठमाडौं– वाम एकताबारे नेपाली कांग्रेसको प्रतिक्रिया आएको छ । बिहिबार एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनाइएको छ ।
यसमाथि प्रतिक्रिया जनाउँदै कांग्रेसले असल नियतका साथ पार्टी एकता भएको भए त्यसलाई अन्यथा लिन नहुने बताएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाले नेपाली जनतालाई धेरै सपना बाँडेको भन्दै त्यो सपना पूरा गर्न नसके स्वाभाविक रुपमा जनताबाट तिरस्कृत हुने बताए । अहिले दुई पार्टीबीच एकता भएपनि कांगे्रसलाई फाइदै पुगेको समेत उनले बताए ।
दलहरुबीचको एकताले लोकतन्त्रलाई बलियो बनाउने भन्दै यसलाई पार्टीले सकारात्मक लिएपछि चनाखो भने रहेकोा उनको भनाई थियो ।
‘दलहरुको विभाजनले लोकतन्त्रलाई क्षति गर्छ । दलहरुबीच एकता भयो भने त्यसले स्वाभाविक रुपमा लोकतन्त्रलाई बलियो बनाउँछ’, शर्माले भने, ‘त्यस हिसावले नेपाली कांग्रेस पार्टीले कुनै पनि दलको एकतालाई स्वागत गर्छ भने आफ्नो प्रतिस्पर्धी मुख्य दलहरुबीचको एकतालाई पार्टीले स्वागत नै गरेका छौं । यसमा हामीले शुभकामना पनि दिएका छौं ।’
यद्यपी केहि विषयमा चाहिँ प्रतिपक्षीको रुपमा पनि र एउटा पाको राजनीतिक दलको रुपमा पनि पार्टीले नेकपालाई सजग गराउने कर्तब्य भएको बताएका छन् ।
सत्ता बन्दा भन्दा बढी खतरा सत्ताको दम्भमा हुने भन्दै शर्माले त्यसप्रति पार्टी सधैं चनाखो भइराख्ने बताए ।
उनले बाध्यताको बाटो भन्दा पनि अब केपी ओली र प्रचण्डले मनस्थितिगत निष्ठाको बाटो बनाए एकता र लोकतन्त्रको भविष्य उज्ज्वल हुने यनले तर्क गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया