सिरहा– प्रहरीले बलात्कारको अभियोगमा एक युवालाई पक्राउ गरेको छ । गत फागुन ४ गते सर्लाही कबिलासी नगरपालीका वार्ड नं. ४ बस्ने शिवनाथ भन्ने शिव नारायण कुमार यादवले बर्ष १९ की किशोरीलाई जवरजस्ती करणी गरी फरार रहेकोमा ईलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीका प्रहरी निरीक्षक अनिल ठकुरीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनलाई सर्लाही जिल्ला अदालत बाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भई प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले सर्लाही कबिलासी नगरपालीका वार्ड नं. ४ बस्ने राहुल रायले बर्ष १३ कि किशोरीलाई जवरजस्ती करणी गरी वारदात पश्चात फरार रहेकोमा खोजतलास गर्दै जाँदा आज बिहान ले पक्राउ गरेको पनि प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया