काठमाडौं । जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले थप सुविधासहित आईभीएफ सेवा विस्तार गरेको छ। अत्याधुनिक ल्याबसहित अल्का अस्पतालले अल्का आईभीएफ सेन्टर सञ्चालनमा ल्याएको हो।
हामीले, विशेषज्ञहरु भित्र्याएर अल्का आईभीएफ सेन्टर सञ्चालनमा ल्याएका छौं,’ अस्पतालका अध्यक्ष कुमार थापाले भने, ‘कसरी हुन्छ सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिन हामीले थप सुविधासहित ल्याएका छौँ ।,’
‘विभिन्न कारण सन्तान नभएकाहरुलाई सेवा दिन आधुनिक उपकरणले हामी सक्षम छौँ,’ अध्यक्ष थापाले भने । थापाले नयाँ विशेषज्ञहरुको टिमले अल्का आईभीएफ सेन्टरलाई थप उचाइमा लैजाने विश्वास व्यक्त गरे । अल्का अस्पतालले सेवाग्राहीहरुलाई आईभीएफ सेवा अन्य अस्पतालहरुको तुलनामा सुलभ दरमा दिइने प्रतिबद्धता जनाएको छ।
मंसिर १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म अस्पतालले आईभीएफ सेवा विस्तार गरेको छ। अल्का आईभीएफ सेन्टरबाट टेष्टट्युब बेबीका साथै स्त्रीरोग तथा प्रसूति सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया