१३ आश्विन २०८०, शनिवार

गुणस्तरहीन सिमेन्ट बेच्ने जगदम्बा सिमेन्ट उद्योग कारबाहीमा

२०७८,मङ्सिर,२,बिहीवार १५:५३

369
Shares

‘मेरो देश मेरो जगदम्बा’ सिमेन्ट भन्दै नेपाली सिमेन्ट बजारमा स्थापित जगदम्बा सिमेन्ट उद्योगले गुणस्तरहीन पीपीसी सिमेन्ट बिक्रीवितरण गरेको पाइएकोले कारबाहीमा परेको छ । नेपाल गुणस्तर तथा नापतौल बिभागबाट विभिन्न मितिमा सो कम्पनीले उत्पादन र बिक्री वितरण गर्दै आइरहेको नेपाल गुणस्तर चिह्न ३८५ रहेको पीपीसी सिमेन्टको संकलित नमूना परीक्षण गर्दा नमुनाको कम्प्रिहेन्सिभ स्ट्रेन्थ MPA ३ र ७ दिनको मान क्रमशः १५ र २० (हुनुपर्ने क्रमशः १६ र २२ ) देखिएको र उक्त मापन नेपाल गुणस्तर ३८५ अनुसार नभएको भेटिएको हो ।

कम्प्रिहेन्सिभ स्ट्रेन्थ मानअनुसार नभएमा सिमेन्ट बलियो भएर जम्न नसक्ने, इँटसँग पकड कमजोर हुनेजस्तो गम्भीर समस्या देखिने गर्दछ। साथै यदि यस्तो सिमेन्टले प्लास्टर गरिएको छ भने त्यस्तो प्लास्टरबाट बिस्तारै बालुवा भुर्रभुर्र झर्न थाल्दछ।

विभागले जगदम्बा सिमेन्ट उद्योगलाई उक्त कम्पनीबाट उत्पादित पीपीसी सिमेन्टको बिक्री वितरण रोक्न, उक्त ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन र १५ दिन भित्र स्पस्टीकरण दिन पत्राचार गरेको छ।

घर आम मानिसले जीवनमा एकपल्ट बनाउँछ । कस्ले आफ्नो सपनाको घर मिसावटी अथवा कमसल निर्माण सामग्रीबाट बनाउने सोच्न पनि सक्ला र ? २०७२, १२ वैशाखमा गएको महाविनासकारी भुँइचालोले तहसनहसको अवस्था कस्तो हुन्छ भन्ने राम्ररी बुझेका नेपालीहरु आजभोलि घर निर्माणजस्तो विषयमा झन् सजग र सचेत देखिन्छन् ।

तर बेला–बेला विभिन्न तिगडम गरी कमसल तथा गुणस्तरहीन कच्चापदार्थ प्रयोग गरी न्यून मूल्यमा उत्पादन गरिएका यस्ता निर्माण सामग्रीका कारण अझै कति घर धरापमा होलान् ? कति त्यस्ता सपनाका घरहरुले दुर्घटना कुरी बसेका होलान्, सजिलै अनुमान लाउन सकिन्छ ।

उत्पादकहरूको एकद्वार निर्णयमा मनपरी बजारमूल्य तोक्न कत्ति पनि ढिला नगर्ने यस्ता उत्पादकहरु बेला–बेला कारबाहीमा पर्दै आएका छन् । अर्कोतर्फ बजारमा उत्पादकले तोकेजस्तो मूल्य आम उपभोक्ताले तिरे पनि यस्ता कम्पनीहरुका कारण निरन्तर ठगिँदै आइरहेका छन् । नेपाली बजारमा फितलो अनुगमनका कारण उद्योगी व्यवसायीहरुले पटक–पटक उपभोक्ताहरुलाई झुक्याएर कमसल सामान बिक्री वितरण गर्दै आइरहेका छन्।

स्मरणीय रहोस् यसअघि जगदम्बा स्टीललाइ गुणस्तरहीन छड बेचेको अभियोगमा विभागले कारबाही गरिसकेको छ। झारो टार्ने खालको अनुगमन नगरी सरकारले समय समयमा दरिलो अनुगमन गरे , नेपाली जनताले आफूले तिरेको मूल्यमा न्याय पाउँथे कि ?

प्रकाशित मिति: २०७८,मङ्सिर,२,बिहीवार १५:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वल्र्ड टुरिजम डे को अबसर पारेर

काठमाडौं । वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीको ‘सर्वाइवल नोट’ नामक कवितासंग्रह लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा डा.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले भ्रष्टाचारका चाङ

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०