दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

RSS
169
Shares

इनरुवा । कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दूधकोशी गाउँपालिका–१ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष बस्नेत रहेको प्रदेश–१ स्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

दक्षिणतर्फ जाँदै गरेको को १ व २४३८ नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सख्त घाइते बस्नेतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?