आईएमईको डबलको डबलको डबल विजेता बने जीवेश दाहाल

लोकपथ
1.4k
Shares

काठमाडौं । आईएमईको डबलको डबलको डबल बम्पर उपहारको विजेता दोखाका जीवेश दाहाल बनेका छन् । आईएमईले गरेको विजेता घोषणा कार्यक्रममा दाहाल विजेता बनेका हुन् ।

दाहालले दुबईबाट आईएमईबाट १ लाख ५६ हजार ५ सय ५८ रुपैयाँ रेमिट्यान्स पठाउएका थिए । उनले ८ गुणा बढी रकम प्राप्त गरेका छन् । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल तथा आईएमई रेमिटका ब्राण्ड एम्बेस्डरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले लक्कीड्रमार्फत विजेता घोषणा गरेका थिए ।

विजेता दाहालले बम्पर उपहारअन्तर्गत १२ लाख ५२ हजार ४ सय ६४ रुपैयाँ प्राप्त गरेका हुन् । ब्राण्ड एम्बेस्डरद्वय गिरी र निरौलाले फोनमार्फत विजेता दाहालकी श्रीमतिलाई लक्की ड्रमार्फत विजेता बनेको जानकारी दिँदै बधाई समेत दिएका थिए ।

त्यस्तै, सो कार्यक्रममा ८औं हप्ताको विजेता पनि घोषणा गरिएको थियो । ८औं हप्ताको विजेता मुनाल क्षेत्री विजेता भएका छन् । क्षेत्रीले आईएमईमार्फत् ४३ हजार रुपैयाँ रेमिट्यान्स पठाएकोमा ८६ हजार रुपैयाँ प्राप्त गरेको घोषणा कार्यक्रममा गरे । साथै उनका आफन्तलाई चेक समेत हस्तान्त्रण गरे ।

रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

सो कार्यक्रममा बोल्दै आइएमई  ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल ( नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष) ले रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् । उनले रेमिट्यान्सको अधिकांश मात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको बताउँदै रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

अध्यक्ष ढकालले आइएमईले व्यवसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको बताउँदै अब नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउने प्रक्रिया सुरु भइसकेकोले यसमा साथ दिन सबैलाई आग्रह गरे ।


‘आजभन्दा २० वर्ष अगाडि नेपालमा २० प्रतिशत औपचारिक रुपमा र बाँकी अनौपचारिक रुपमा स्वदेशमा पैसा आउँथ्यो, तर अहिले ठ्याक्कै उल्टो भएको छ, यसमा हामीले महत्वपूर्ण काम गरेको आभास भएको छ ।’ उनले भने । देशमा रेमिट्यान्स भित्र्याउन र समग्र अर्थतन्त्रमा योगदान पु¥याउनका लागि महत्वपूर्ण काम गरेको उनले बताए ।

लगानीबाट राम्रो प्रतिफल आउने भएकोले पनि रेमिट्यान्सलाई सही सदुपयोग गर्न ढकालले सबैलाई आग्रह गरे ।
कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमई जहिले पनि आम सर्वसाधारणको सहजताका लागि काम गर्ने संस्थाका रुपमा विकास भएको बताए ।
संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा होस् वा अन्य समयमा पनि आम सर्वसाधारणहरुका समस्या समाधान गर्ने प्रयास आइएमईले हरेक वर्ष गर्दै आएको उनको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?