यसकारण गुम्यो झलनाथको पदीय हैसियत, यस्तो छ वरियता

काठमाडौँ -तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएसँगै एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्ना वरियता गुमाएका छन् ।
 तत्कालिन नेकपा एमालेमा दोस्रो वरियतामा रहेका खनालले नेकपामा तेस्रो वरियता पनि गुमाएका हुन् । आफ्नो वरियता गुमाएसँगै खनाल पार्टि एकता कार्यक्रममा पनि देखिएनन् । स्रोतका अनुसार नेकपाको हाइकमाण्डमा ओली र प्रचण्डपछि माधव नेपालको इन्ट्री भएको हो । नेपालको ईन्ट्रिसँगै झलनाथ खनालले एकीकृत पार्टीमा तेस्रो वरियता गुमाएका हुन् ।

स्रोत भन्छ, उनी निजी कामका सिलसिलामा चीनमा छन् । नवगठित नेकपाको शीर्ष बरियतामा ओली र प्रचण्डको हैसियत समान रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?