काठमाडौं । नेपाल बार एसोसियसनभित्र पसेर केही युवाहरुले वकिललाई कुटपिटको धम्की दिएका छन् ।
बिहीबार बार परिसरमा आन्दोलनमा रहेका वकिलहरुलाई चार जनाको समूहमा आएका युवाहरुले कुटपिट गर्ने र कालोकोट च्यात्ने धम्की समेत दिएका छन् ।
नेपाल बारको अगुवाइमा बिहीबार पनि कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विरुद्धमा नाराबाजी गरिरहेका थिए । सो क्रममा अचानक बारमा पसेर कानुन व्यवसायीहरुमाथि गाली गलौज गर्न थालेका थिए । उनीहरुले कानुन व्यवासायीहरुलाई गाली गलौज गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया