टोङ्गामा आम निर्वाचन सम्पन्न

लोकपथ
70
Shares
Voters from outer islands queue to enter their designated polling place, in the capital Nuku’alofa today, 18 November 2021 in Tonga’s General Election for 17 People’s Representative seats in the Tonga Legislative Assembly.

टोङ्गा । टोङ्गामा बिहीबार निर्वाचन सम्पन्न भएको छ जसमा दक्षिण प्रशान्त टापु राष्ट्रका २०० मतदान केन्द्रहरूमा करिब ६०,००० योग्य टोङ्गनहरूले मतदान गरेका छन्।

टोङ्गाको समाचार वेबसाइट मातांगी टोङ्गा अनलाइनका अनुसार टोङ्गाको विधान सभामा जनप्रतिनिधिका लागि १७ स्थान र नोबल्स प्रतिनिधिका लागि नौ स्थानहरू रहेका छन्।

त्यसैगरी १७ जनप्रतिनिधिका लागि ७० भन्दा बढी उम्मेदवार रहेका छन् भने ३३ ठूला परिवारले आ–आफ्नो क्षेत्रबाट नौ जना प्रतिनिधि चयन गर्नेछन् ।

टापु राष्ट्रका नागरीकहरूले बिहीबार दिउँसो तीन नयाँ प्रतिनिधिहरू निर्वाचित गरेका छन् र छ जना पदाधिकारीहरूलाई विधान सभामा फिर्ता गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?