ट्विटरमा ‘रेड लेबल’ : गलत र भ्रामक ट्वीटहरूमा चेतावनी लेबल देख्न सकिने

लोकपथ
156
Shares

काठमाडौं । माइक्रो-ब्लगिङ साइट ट्विटरका प्रयोगकर्ताहरूले अब गलत र भ्रामक ट्वीटहरूमा चेतावनी लेबल देख्ने भएका छन् । सामाजिक सञ्जाल प्लेटफर्मलाई अझ प्रभावकारी र कम भ्रामक बनाउन ट्विटरले यो कदम चालेको हो।

यी नयाँ चेतावनी लेबल मंगलबार विश्वव्यापी रूपमा जारी गरिएको थियो। यसको उद्देश्य गलत जानकारीको सजिलो पहिचान सुनिश्चित गर्नु हो। २०२० मा अमेरिकी राष्ट्रपति चुनाव अघि र पछि चुनाव सम्बन्धी गलत जानकारीविरुद्ध सुरक्षा गर्न डिजाइन गरिएको थियो । कम्पनीले यो चेतावनी ‘लेबल’ मा जुलाईदेखि काम गरिरहेको थियो। ती लेबलहरू मानिसहरूलाई झूट फैलाउनबाट रोक्न पर्याप्त काम नगरेकोमा आलोचना गरिएको थियो।

विज्ञहरूका अनुसार यस्ता लेबलहरू प्रयोगकर्ताका लागि उपयोगी हुन सक्छन्। यसमा षड्यन्त्रपूर्ण, गलत, भ्रामक सूचना फैलाउने पोस्ट, फोटो तथा भिडियो हटाउने वा नहटाउने अप्सन हुन्छ ।

ट्विटरले तीन प्रकारका गलत सूचनालाई मात्रै ‘लेबल’ गर्छ, जस्तै ‘विकृत तथ्य’, वास्तविक दुनियाँलाई हानिकारक हुने कुनै पनि भिडियो र अडियोसँग जानाजानी छेडछाड, भोटिङसम्बन्धी गलत सूचना र कोरोनासँग सम्बन्धित गलत र भ्रामक सूचना।

सुन्तला र रातोु रङलाई गलत जानकारी पहिचान गर्न वा चिन्ह लगाउन समावेश गरिएको छ, ताकि तिनीहरू पहिलेको लेबल भन्दा बढी प्रभावकारी साबित हुन्। यसअघि लेबल को रंग नीलो थियो, जुन ट्विटरको रङसँग मेल खान्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?