अधिवक्ता अर्यालको आक्रोश : ‘चोलेन्द्रले हाम्रो हत्या गर्न खोजेको हो?’

लोकपथ
133
Shares

काठमाडौं । अधिवक्ता ओम प्रकाश अर्यालले सर्वोच्चमा एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै आक्रोश पोखेका छन् ।

उनले आफूहरुलाई धम्क्याउनकै लागि एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै त्यस्ता धम्कीले कुनै काम नगर्ने बताए ।

नेपाल बार एसासिएसनले आयोजना गरेको विरोध कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले धर्नामा बसेका वकिलहरुलाई एसएलआरको नालले खोच्ने काम भएको भन्दै बताए । उनले उनले न्यायालय बचाउनका लागि आफू मर्न पनि तयार रहेको बताए ।

‘अदालतमा एसएलआर किन ल्याइन्छ ? के हाम्रो हत्या गर्न एसएलआर ल्याइएको हो ?’, उनले आक्रोश पोखे, ‘चोलेन्द्रले हाम्रो हत्या गर्न खोजेको हो ? त्यसो हो भने म पहिलो सहिद बन्न तयार छु । तर न्यायापालिका बचाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?