प्रधानन्यायाधीश राणाले आफूबाहेक तोके ९ वटा इजलास

लोकपथ
98
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार (आज) का लागि ९ वटा इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश राणाले विभिन्न मुद्दामा २५९ वटा मुद्दामा पेसी तोके पनि आफ्नो भागमा कुनै पनि मुद्दा राखेका छैनन् ।

सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ नगर्ने घोषणा गरे पनि पेसीमा अन्य मुद्दालाई समेत पेसीमा चढाएका छन् ।

प्रधानन्यायाधीश राणाले आज नै फुलकोर्ट बैठक राख्ने तयारी समेत गरेका छन् ।

न्यायालयको सुधारको मागसहित कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?