नबिल बैंककाे ‘प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट’

लोकपथ
0
Shares

काठमाडौं । आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आइरहेको यस नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाताअन्तर्गत ‘प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट’ सञ्चालन ल्याएको छ ।

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ ।

ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट’मा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित ब्याजदर मध्यको उच्च ब्याजदर प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?