१८ मङ्सिर २०७८, शनिवार

काठमाडौंको आकाशमा बिहानैदेखि बादल, यसो भन्छ मौसम पूर्वानुमान महाशाखा

२०७८,मङ्सिर,२,बिहीवार १०:५५

50.508k
Shares

काठमाडौं । नेपालमा हाल अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । राजधानी काठमाडौं उपत्यकाको आकाशमा बिहानैदेखि बादल लागेकाले आज बढी चिसो महसुस गरिएको छ । तापक्रम स्थिर रहे पनि घाम नलागेकाले केही चिसो बढेको छ । आज काठमाडौंको अधिकतम २२ र न्यूनतम तापक्रम नौ डिग्री सेल्सियस रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । रातिको समयमा पनि प्रदेश नं १, बागमती, लुम्बिनी, गण्डकी तथा कर्णाली प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागसहित बागमती प्रदेश तथा प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यही मङ्सिर ४ गते पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,२,बिहीवार १०:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘होस आउँदा वरिपरि आफन्तहरू थिए । अस्पतालमा लगिएको रहेछ । सुरुमा खुट्टा भाँचिएछ भन्ने लाग्यो । तर पछि थाहा भयो,

काठमाडौं । सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनप्रति विश्वास गर्दा नेपाली नागरिक करोडौँ रकम ठगिन पुगेका छन्

दाङ । आफ्नो साथीको `बर्थ डे´ मनाउन गएका घोराहीका एक युवकको मृत्युपछि दाङ प्रहरीले होटल संचालकसहित १२ जनालाई पक्राउ गरेको

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुंगका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६