जेसीबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

लोकपथ
560
Shares

दाङ । यहाँको बंगलचुलीमा सडक मर्मतको क्रममा आज बिहानै जेसीबी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मा सडक मर्मतको क्रममा जेसिबि दुर्घटना हुँदा अपरेटर घोराही-१० नारायणपुरका २२ वर्षिय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपि सुरेशप्रसाद काफ्लेले दिएको जानकारी अनुसार
पर्यटकियस्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको जेसिबि दुर्घटनामा परेको हो ।
दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षिय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर जानकारी दिए ।
घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भसिएर जेसिबि दुर्घटनामा परेको हुन सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?