बझाङ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु खेतीमा कृषकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा सिँचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो ।
यहाँ अन्य नगदेबालीको उब्जनी कम हुने भएकाले जतिसक्दो आलु खेती लगाई जिल्लालाई आलु जोनका रुपमा विकास गर्ने योजना बनाइएको र यसमा आलु जोनको पनि सहकार्य रहेको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया