सिभिल बैंकको नयाँ अध्यक्षमा प्रतापजंग पाण्डे चुनिएका छन् । बैंक सञ्चालक समितिको ३६२ औं बैठकले बुधबार पाण्डेलाई बैंक अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यस अघिका अध्यक्ष इच्छाराज तामाङलाई ठगी आरोपमा पक्राउ परेका छन् । हाल हिरासतमा रहेका तामाङले कात्तिक १७ गते बैंक अध्यक्ष पदबाट राजीनामा दिएपछि नयाँ अध्यक्ष चयन गरिएको हो ।
अध्यक्ष चयन भएका पाण्डले बैंकलाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षबाट सहयोग अपेक्षा गर्दै व्यवस्थापन तथा कर्मचारीहरूलाई उच्च मनोबलसाथ काम गरी बैंकलाई थप सबल र समृद्घ बनाउन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया