सर्वोच्च अदालतका १४ न्यायाधीशहरुबीच बैठकले फुटकोर्टको माग गरेको छ । बुधबार सर्वोच्च अदालत, नियमावली संशोधनका लागि उनीहरुबीच सहमति भएसँगै फुलकोर्ट बैठक माग गरिएको हो ।
एक न्यायाधीशका अनुसार बुधबार बसेको प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशको बैठकले नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको हो ।
सो सहमतिसँगै १४ न्यायाधीशहरुले मुख्य रजिस्ट्रारलाई बिहीबारका लागि फुलकोर्ट राख्न भनिएको ती न्यायाधीशले बताए । उनीहरुबीचको समतिमा इजलास तोक्न गोलाप्रथा लागु गर्नेलगायतका विषय रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया