रुकुम पूर्व- रुकुम पूर्वका निमित्त प्रशासकिय अधिकृत तिलक रावत रातारात भागेको कुरा पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष ओम प्रसाद घर्तीले जनाएका छन् । आफुलाई कुनै जानकारी विना राती लुकेर भागेको कुरा अध्यक्ष घर्तीले बताए । उनले भने – "हिजो दिनभरि चेक छैन , सबै सिद्धियो भनेर आलटाल गरेको थियो । राती सबै चेक लिएर उपभोक्ता वर्गसँगै रुकुमकोट भागेका छन् । उनले प्रत्येक उपभोक्ता वर्गसँग प्रशेन्ट माग्नलाई रुकुमकोट गएका हुन् ।"
अध्यक्ष घर्तीले जिल्ला प्रशासन तथा प्रजिअलाई पनि यो बारे अवगत गराको बताएका छन् । उनी आक्रोशित भएर भने -" राती चेक काटेर , पालिकाको छाप ठोकेर उपभोक्तासँगको प्रशेन्ट त्यहि कटाएर आफु पनि हिँडेका हुन् । "
मयाङको सार्बजनिक पानी धारा र मयाङ खारबाङ बाटो उपभोक्ता समितिको रकम निकसा गर्न आएकाहरुको काम बन्न नसकेको कुरा गर्दै पुथा उत्तरगंगा गाउँपालिका वडा नं ६ का अध्यक्ष टोपे सेनले भने -" सबै काम पूरा भएकोले कोलमा चेक नभएर रुकुमकोट आएको तर गाउँपालिकाका अध्यक्षले अधिकृतले आफुलाई जानकारी नदिएर रातारात चेक लिएर गएको र नियतमा शंकास्पद लागेर काम रोजेकोले उपभोक्ता वर्ग मर्कामा परेको बताए ।
हालै पालिकाको बाँकी रहेको रकम प्रत्येक वडामा परेको पाँच लाखको लागि सम्झाैता गर्न आएका सबै अलपत्र भएका छन् । वडा नं १ का सदस्य नन्दजीत पुन , मंगल पुन र रत्न पुनले वडा कार्यालयको चेन गेटको सम्झाैता गर्न जाने क्रममा अधिकृत तिलकले अब आफुले कुनै पनि काम नगर्ने भनेको बताए ।
वडा नं ४ का अध्यक्ष वर पुनले घन्माको बिजुलीको बजेट फ्रिज जान लागेकोमा आक्रोस व्यक्त गरे । उनले भने -" तिलकले मलाई काटे नि काट , मारे पनि मार , म काम गर्दिन ! भनेर आफुहरुलाई फर्काएको छ । कर्मचारीको लापरबाहीले यदि रकम फरिज गयो भने यसको जवाफदेही कर्मचारी नै हुनेछन् । "
स्मरणरहोस् , विगतका केही महिनादेखि पुथा उत्तरगंगा गाउँपालिकाको काम कर्मचारीको घुस लिने प्रवृत्ति भएको भन्दै कार्यपालिका क्रूद्ध भएको थियो । कर्मचारीहरुको रबैयाले आफुहरु सत्तरी हजारको बजेटमा तीन पटक कामै नभएर फर्किएको कुरा पुथा उत्तरगंगा-२ का खालराज पुनले दुखेसो गरे । "तीन पल्ट आउँदा जाँदा सत्तरी हजारको बजेट खर्च भएर पनि चेक काट्नु त परै जाओस् कागज पत्र नमिलेको भन्दै अहिलेसम्म काम भएको छैन । यसपाली फेरि लेखापाल उपचारको नाममा गएको र अधिकृतले काम गर्न नमान्दा हामी मर्कामा छाैँ । अब फर्कियाैँ भने चार चोटी फर्किनु परेको छ । "
यिनै कुराको जवाफ बुझ्न खोज्दा तिलक रावतको मोबाइल अफ गरिएको ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया