राष्ट्रपतिसँग बक्सिङ्ग फेडेरेसन टोलीको भेट

लोकपथ
0
Shares

काठमाडौं । नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको छ ।

नेपाल बक्सिङ संघको आमन्त्रणमा नेपाल आएको अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभ सहितको ८ सदस्यीय टोलीले आज राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको हो । भेटघाटको क्रममा भ्रमणमा रहेको टोलीले विश्वमा बक्सिङ खेलको अवस्था बारेमा छलफल भएको छ ।

राष्ट्रपति भण्डारीले नेपालले आफ्नो खेलमार्फत विश्वमा नेपाललाई चिनाउन थालेको बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपालको बक्सिङ खेलमा अन्तर्राष्ट्रिय बक्सिङ संघले गरेको सहयोगलाई धन्यवाद दिइन् । भेटमा नेपाल भ्रमण आएको टोलीले राष्ट्रपतिलाई मायाको चिनो प्रदान गरेको थियो । रुसी नागरिक क्रेम्लेभसहित आइबाको ८ सदस्यीय टोली २ दिनको लागि आजै बिहानमा नेपाल आएको हो ।

टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र विभिन्न पदाधिकारीले स्वागत गरेका थिए । भ्रमणका क्रममा क्रेम्लेभले विभिन्न निकायसँग भेटघाटका साथै सातदोबाटोमा जारी प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा पनि अवलोकन गर्ने तालिका छ । सोही क्रममा अन्तर्राष्ट्रिय बक्सिङ संघले नेपाल बक्सिङसंघलाई खेल सामाग्रि पनि प्रदान गरेको छ । अध्यक्ष सहितको टोली बिहीबार स्वदेश फर्कने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?