हेर्नुहोस् आज दिनभरको मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
84
Shares

१. न्यायालय सुधारको मागसहित आज पनि बार एसोसियसनद्वारा सर्वोच्चमा आन्दोलन, प्रधानन्यायाधीशको सिट खाली भइसकेको वरिष्ठ अधिवक्ता शम्भु थापाको टिप्पणी

२. आगामी निर्वाचनमा नेपाली कांग्रेसले एमालेसँग एक्लै चुनाव लड्न नसक्ने नेकपा एमालेका अध्यक्ष ओलीको दाबी, नेपालमा बिजुलीका गाडी चलाउने अभियान आफूले सुरु गरेको भनाइ

३. प्रधानन्यायाधीशले गरेका गलत फैसला उपलब्ध गराउन बारका अध्यक्ष श्रेष्ठको आह्वान, जबराको राजीनामापछि पनि सम्पत्ति विवरण संकलन गरिने र छानबिन हुने भनाइ

४. अदालतमा देखिएको समस्या एक÷दुई दिनभित्रै समाधान हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी, समस्या समाधानका निम्ति सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने आशा व्यक्त

५. प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पाए विश्वासको मत, प्रतिपक्ष दलहरूसँग पनि मिलेर काम गर्ने प्रतिबद्धता

६. सरकार न्यायालयमा भइरहेको विवादको मुकदर्शक भएर बस्न नहुने कांग्रेस नेता सिंहको भनाइ, न्यायालयमा देखिएको विवाद विधिसम्मत तरिकाले नै समाधान गर्नुपर्नेमा जोड

७. महाधिवेशनले नेतृत्व सहमतिका साथ चयन गर्ने नेकपा एमालेका महासचिव पोखरेलको दाबी, एमालेको महाधिवेशनमा कुनै पनि प्यानल नभएकाले नेतृत्व सर्पवसम्मत हुनेमा विश्वस्त

८. करदाताको गुनासो सम्बोधन गर्न संयन्त्र बनाइने अर्थमन्त्री शर्माको प्रतिबद्धता, कर छली र चुहावट रोक्न सरकार कडाइका साथ प्रस्तुत हुने

९. बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरूलाई कारबाही गर्ने विज्ञापन बोर्डको चेतावनी, जनस्वास्थ्य सेवा ऐन २०७५ मा मदिरा र सुर्तिजन्य पदार्थहरूको विज्ञापन गर्न रोक लगाएको प्रति ध्यानाकर्षण

१०. पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ९९३ परीक्षणमा थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि, २ सय २ जना कोरोना संक्रमणमुक्त, १ जनाको मृत्यु

११. आज दशौँ राष्ट्रिय कर दिवस, कर तिर्ने विभिन्न कम्पनीहरू सम्मानित, यस पटक पनि सबैभन्दा बढी कर तिर्ने कम्पनी बन्यो सूर्य नेपाल

१२. लगातार तेस्रो दिन पनि उकालो लाग्यो सेयर बजार, नेप्से परिसूचक १६ दशमलव १५ अंकले बढ्दा ७ अर्बभन्दा बढीको कारोबार

१३. तिब्बतमा चीनले बनायो विशाल हेलिपोर्ट, १०० वटा लडाकु र अन्य हेलिकोप्टर लुकाएर राख्न मिल्ने, भारतलाई सुरक्षा जोखिम बढेको विज्ञहरूको विश्लेषण

१४. सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबललाई पुनः कतार एयरवेजले प्रायोजन गर्ने, एक वर्षको लागि कतार एयरवेजसँग १ लाख ५० हजार अमेरिकी डलरको सम्झौता

१५. र, सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि अब १९ राष्ट्र छनोट हुन बाँकी, आयोजक कतारसहित १३ राष्ट्रले गरे स्थान पक्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?