काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयको सचिवमा दामोदर रेग्मीलाई नियुक्त गरेको छ ।
गत असोज १२ गते तत्कालिन सचिव केदार न्यौपाने अनिवार्य अवकाशमा गएपछि मन्त्रालय सचिव विहीन बनेको थियो।
झण्डै २ महिनादेखि सचिवविहिन मन्त्रालयमा आज सचिव नियुक्त गरिएको हो ।
यसअघि रेग्मी गण्डकी प्रदेशको मुख्य सचिव रहेका थिए ।
खेलकुद मन्त्रालयले काज सरूवा मागेर रेग्मीलाई मन्त्रालय बोलाएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया