कोरोना अपडेट : बुधबार ४१२ जना संक्रमित थपिए, कति छन् सक्रिय संक्रमित ?

लोकपथ
273
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ९९३ जनाको परीक्षणमा ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा काठमाडौं उपत्यकामा १४९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भक्तपुर १५, ललितपुरमा ३२ र काठमाडौंमा १०२ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय २ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण नेपालमा ११ हजार ४ सय ८३ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ७ हजार ६३६ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?