प्रधानन्यायाधीशविरुद्ध पार्टी कार्यालयमा आन्दोलन गर्न अधिवक्ताहरुलाई कमल थापाको आग्रह

लोकपथ
455
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधान्यायाधीशविरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुप्रति आक्रोश व्यक्त गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानन्यायाधीशको राजीनामा ल्याउनका लागि महाअभियोग उपयुक्त विकल्प भएको बताएका छन् ।

आन्दोलनमा सरिक धेरै अधिवक्ताहरु दल निकट भइरहेको प्रधानन्यायाधीशको राजीनामा ल्याउन राजनीतिक दललाई घच्घच्याउन समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘प्रधानन्यायधीश विरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रन्या हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो।महाभियोग लगाउने दलले हो।अधिकांश वकिलहरु दलसँग आबद्ध छन्। बारको चुनाव दलगत आधारमा हुन्छ।त्यसैले प्रन्या हटाउने होभने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्न सक्नुपर्छ ।’

न्यायालयमा देखिएको विवाद समाधानको लागि भन्दै लामो समयदेखि कानुनव्यवसायीहरु आन्दोलित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?