वाल्टिनमा डुवेर बालकको मृत्यु

काठमाडौं । लुगाकपडा धुनलाई पलाष्टिकको वाल्टिनमा थापेर राखेको पानीमा डुवेर नुवाकोटमा एक बालकको मृत्यु भएको छ ।
सूर्यगढी गाँउ पालिका–२ वोहरे बस्ने कुमार धमलाको डेढ वर्षको छोरा नारायण धमलाको डुवेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार, पानी भरेर राखेको वाल्टिन नजिकै खेल्दै गरेको बालक केही समयपछि पानीमा डुवेको अवस्थामा फेला परेको थियो ।
पानीमा डुवेर वेहोस बालकलाई थप उपचारका लागि अस्पताल लैजान नपाउदै मृत्यु भएको भनाई प्रहरीको छ ।   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?