युवा संघ थाहानगरले गर्‍यो आर्थिक सहयोग

काठमाडौं- नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहानगरले आर्थिक अभावमा उपचारबाट वञ्चित बिरामीलाई आर्थिक सहयोग गरेको छ । युवा संघले थाहा नगरपालिका वडा नम्बर ४ की शारदा अधिकारीलाई थप उपचारका लागि आर्थिक सहयोग गरेको हो ।

युवा संघ थाहानगरका अध्यक्ष प्रदिप भट्टको नेतृत्वमा अधिकारीको घरमा पुगेको संगठनले ३३ हजार ३९० रुपैंया सहयोग हस्तान्तरण गरेको छ । उक्त रकम शारदाका श्रीमान् रघुनाथ अधिकारीले बुझेका छन् ।

घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी अधिकारीको उपचारका लागि ठूलो रकम आवश्यक भएपछि युवासंघले सहयोग संकलन अभियान थालेको थियो । उपचारमा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्धेश्यले आर्थिक सहयोग उपलब्ध गराइएको युवा संघ थाहानगरका अध्यक्ष प्रदिप भट्टले जानकारी दिए । ‘उहाँको थप उपचारमा सहयोग पुगोस् भनेर हामीले सहयोग गरेका हौं ।’ भट्टले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?