प्रकाशमानको आक्रोश : ‘ग्रासरुटबाट आएको मान्छे हुँ, त्यसै कुप्रचार गरियो’

लोकपथ
147
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुषप्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गरेका छन् ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आज गणेशमान सिंह स्मृति फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीमा सम्भायताको बहस हुनेगरे पनि आफूविरुद्ध टिप्पणी गर्नेहरु असव्य भएको उल्लेख गरे ।

प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने भनि दिएको अभिव्यक्ति प्रति जवाफ दिँदै उनले आफू ‘ग्रासरुट’ बाट राजनीति र संगठन गरेर आएको मान्छे भएको बताए । उनले पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको उल्लेख गरे ।

“संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरीजाप्रसाद कोइरालाको उपसभापति, शुशिल कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ म,” उनले भने, “आफू कुनै पदमा बसेको छैन , अरुलाई पनि त्यही देख्ने , फलानेकोको के छ के छ भन्दै उफ्रने।”

नेता सिंहले पहिले पहिले काठमाडौंले पनि नचिन्ने भन्दै आफूविरुद्ध प्रचार भए पनि पछिल्लो समय काठमाडौं बाहिर कसैले नचिन्ने भन्दै दुस्प्रचार नियतबस् हुन थालेको भन्दै कडा आक्रोश पोखे । आफू १२ औं महाधिवेशनमा सभापति शुुशिल कोइरालाले भन्दा बढी मत ल्याएर महामन्त्री जितेको भन्दै अहिले आफूसँग भोट छैन भन्नेहरुले इतिहास हेर्न अनुरोध गरे ।
“पहिले काठमाडौमा चिन्दै भन्थे अहिले काठमाडौंमा चाहिँ चिन्छ बाहिर चाहिँ चिन्दैन भन्छन्,” उनले भने ।

नेता सिंहले आफ्नो राजनीतिक इतिहास पल्टाएर हेर्न पनि आग्रह गरे । आफू प्रकाशमान र मंगलादेवीको छोरा भए पनि पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको बताए । “हो म प्रकाशमान र मंगलादेवीको छोरा हुँ र म पार्टी संकछटमा हुँदा ज्यानलाई बाजी राखेर काम गरेको मान्छे पनि हुँ,” उनले भने ।

बुधकार नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रकाशमानप्रति लक्षित गर्दै काठमाडौं बाहिरको कसैले पनि नचिन्ने प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?