मेघा सहकारीमा चोरी

काठमाडौं । माछापोखरीस्थित मेघा ड्रिङ्ग बहुउद्धेश्य सहकारी संस्थामा रहस्मय ढंगले चोरी भएको छ ।
माछापोखरी सपिङ सेण्टरको पाँचौ तलामा रहेको सहकारीबाट सातलाख नगद र २ वटा टिभी चोरी भएको छ ।
महानगरीय प्रहरीले चोरी घटना आफैमा रहस्यमय भएको भन्दै सहकारीमा कार्यरच कर्मचारी तथा पदाधिकारीबाट अनुसन्धान शुरु गरेको बताएको छ ।
सपिङ मलमा जडान गरिएको सिसी क्यामेराबाट समेत चोरी घटना र चोरको अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?