प्रधानन्यायाधीशले गरेका गलत फैसला उपलब्ध गराउन बारका अध्यक्ष श्रेष्ठको आह्वान

लोकपथ
221
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसलागरी अन्यायमा पारेकाहरुलाई ति फैसला उपलब्ध गराउन आव्हान गरेका छन् ।

नेपाल बार एसोसिएसनले बुधबार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई अन्यायमा परेको फैसला बारलाई उपलब्ध गराउन आव्हान गरेका हुन् । प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पति विवरण संकलन गरीने र छानविन हुने उनले बताए । उनले भने– ‘चोलेन्द्र शमशेर जबराले ऊसँग जोडिएका विकृतिका विवादित फैसलाहरु नेपाल बार एसोसिएसनले संकलन गर्नका लागि आव्हान गरेको छ । तपाई साथीहरु ज–जसलाई यिनले अन्याय पारेका छन्, न्याय किनबेच गरेका छन्, ति फैसलाहरु नेपाल बार एसोसिएसनमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । र यिनको राजीनामापश्चात पनि त्यो फैसला अनुसारको छानविन गर्नुहुनेछ, उसको सम्पति विवरणहरु हामीले संकलन गर्नेछौँ । कहाँ, कसरी अन्याय किसिमबाट बटुलेका छन् त्यो कुरापनि हामीले हेर्नेछौँ ।’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको आरोप लगाए । जबराको निर्देशनमा बिचौलियाहरु बारको आन्दोलनविरुद्ध लागेको भन्दै उनले बारको आन्दोलन विरुद्ध नलाग्न चेतावनी दिए । उनले भने– ‘कार्यक्रम विथोल्ने किसिमबाट कुनै–कुनै ठाउँमा हाम्रो आव्हानको प्रतिकुलमा काम पनि गरिराखेको भन्नेकुरा, अदालतबाट त्यस्तो भइराखेको भन्नेकुरा, प्रधानन्यायाधीशको निर्देशनमा त्यो काम भएको भन्नेकुरा हामीले जानकारी पाएका छौँ । खबरदार, चोलेन्द्र शमशेरको निर्देशनमा तपाईहरु दुईदिन टिक्नुहोला भोलीका दिनमा तपाईहरु बिचौलिया भएर हिड्नुभयो भने तपाईहरुको पनि खैरियत रहने छैन ।’

उनले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?