लगातार तेस्रो दिन पनि उकालो लाग्यो सेयर बजार, ७ अर्बभन्दा बढीको कारोबार

लोकपथ
520
Shares

काठमाडौं । आज (बुधबार) सेयर बजार दोहोरो अंकले बढेको छ । आज लगातार तेस्रो दिन बजार उकालो लागेको हो । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ बिन्दुमा पुगेको छ । आज नेप्से ०.६१ प्रतिशतले बढेको छ ।

त्यसैगरी, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ ।

आज कुल २२४ कम्पनीको एक करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा ७ वटा समूहको सेयर मूल्य बढेको छ भने ६ वटा समूहको सेयर मूल्य घटेको छ । आज अन्य समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज यो समूहको सेयर मूल्य ५.२९ प्रतिशतले बढेको छ । त्यसैगरी, हाइड्रोपावर समूहको सेयर मूल्य २.२४ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?