महाधिवेशनले नेतृत्व सहमतिका साथ चयन गर्छ : महासचिव पोखरेल

लोकपथ
156
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दशौं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व सहमतिका साथ चयन हुने बताएका छन् ।

बुधबार महाधिवेशन जनपरिचालन अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले एमालेको महाधिवेशनमा कुनै प्यानल नबन्ने बताएका हुन् ।

“हाम्रो नेतृत्व भनेको सहमतिका साथ निर्माण हुनेछ । हाम्रो महाधिवेशनमा प्यानल बन्नेछैन । प्यानल बनाएको लिस्ट बाँडिने छैन,” उनले भने ।

महासचिव पोखरेलले अब एमालेलाई र मुलुकलाई हाँक्ने खालको नेतृत्व आउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?