एसियन लाइफ इन्स्योरेन्सले गर्‍यो बम्पर लाभांश घोषणा, बोनस कति ?

लोकपथ
247
Shares

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७६/७७का लागि लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७को सञ्चित मुनाफाबाट कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको हिजो (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।

कम्पनीका अनुसार प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेपश्चात वितरण गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?